बैशाख १३, २०८१, बिहीबार
               

गुरुङ पुन: मुख्यमन्त्री बन्ने सम्भावना बढ्यो

नेपाल फ्ल्यास
बैशाख २९, २०७८

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा पुन: पृथ्वी सुब्बा गुरुङ नै मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । बुधबार राष्ट्रिय जनमोर्चाका दुई प्रदेशसभा सदस्यले आफूहरु कुनै गठबन्धनमा सहभागी नरहेको भनी एकवक्तव्य  सार्वजनिक गरेसँगै सो सम्भावना बढेको हो । 

यसरी तटस्थ रहने भनी वक्तव्य निकाल्नेहरुमा कृष्ण थापा र खिमबिक्रम शाही छन् । ‘आफूहरु कुनै पनि गठबन्धनमा नरहेको र सरकार निर्माणका विषयमा तटस्थ रहन्छौँ, सो विज्ञप्तिमा उल्लेख छ । 

नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । 

सांसद पोखरेलले नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदको आफूलाई समर्थन रहेको जुन ६० सदस्यीय प्रदेशसभाको बहुमत रहेको दावी गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि