बैशाख १२, २०८१, बुधबार
               

सिंहदरबार भित्रकै दुर्दशा

ADVERTISEMENT

यो सङ्केत बोर्ड प्लेटहरू हेर्नुस् त । यसमा नेपालका सरकारी कार्यालयको प्रतिविम्ब झल्किन्छ । सरकारी कार्यालयका साइनबोर्ड जनताले प्रस्टसँग देख्ने र बुझ्ने हुनुपर्छ, यो सर्वमान्य सिद्धान्त हो । 

तर नेपालका सरकारी कार्यालयका साइनबोर्ड र नागरिक बडापत्रमा कतै अक्षर उक्किएका छन् भने कतै माकुराले जालो लगाएका छन् । 

अझ अचम्मको कुरा त के भने सिंहदरबारभित्र कुन मन्त्रालय कता छन् भनेर जानकारी दिन खम्बामा राखिएका सङ्केत बोर्डहरू मेटिएर चिन्नै नसक्ने अवस्थामा पुगेका छन् । वार्षिक अर्बौँ रुपैयाँको कारोबार गर्ने र जनतासँग प्रत्यक्ष सरोकार राख्ने यो कार्यालयको बिजोग हेरि नसक्नु छ । 

 दिनदिनै प्रधानमन्त्री, मन्त्री, सचिव, विदेशी पाहुनालगायत भिभिआइपी र भिआइपीहरू ओहोरदोहोर गर्ने यी सबैभन्दा महत्त्वपूर्ण ठाउँ हो यो । सिहंदरमामा काम विशेषले गएका पाहुनालगायत भिभिआइपी र भिआइपीहरूले कसरी पढ्लान् यो बोर्ड र समयमै कार्यालय पुग्लान् ?

नयाँ सेवाग्राहीले कसरी थाहा पाउने सिंहदरबारभित्रका कार्यालय ? आफ्नै प्रमुख कार्यालयभित्र एउटा सामान्य बोर्ड समेत मर्मत गर्न नसक्ने सरकारले देशभरको कामकाजी व्यवस्थापन क्षमतामा प्रश्न उठ्दैन ? 

सिंहदरबार त देशको प्रशासनिक केन्द्र नै हो । सभ्य, भव्य र संस्कारयुक्त देखिनुपर्ने अनि अन्य ठाउँका लागि पनि पाठ बन्नुपर्ने ठाउँमै यो दुर्दशा छ भने दूरदराजका समस्या राज्यले कहिल्यै सुन्ला ?

यी कुरामा कहिले जान्छ राज्यको ध्यान ? कहिले बन्छन् हाम्रा सरकारी निकायहरू जिम्मेवार ? कहिले जिम्मेवार बन्ने हुन् यी व्यवस्थापन गर्ने हाकिमहरू ?

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि