जेठ ०४, २०८१, शुक्रबार
               

खोप खरिदमा भएको कमिसन छानबिनको रिट सर्वोच्चले फर्काइदियो

नेपाल फ्ल्यास
बैशाख २९, २०७८

ADVERTISEMENT

कोरोनाको खोपमा भएको भनिएको कमिसनको चलखेल छानबिन गर्न माग गर्दै दर्ता गर्न खोजिएको रिट सर्वोच्च अदालतले फिर्ता गरेको छ । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले कोरोनाको खोपमा भएको भ्रष्टाचार छानबिन गर्न निष्कलङ्क व्यक्तिको नेतृत्वमा आयोग बनाउन माग गर्दै रिट लिएर गएका थिए । 

सर्वोच्च अदालतका रजिस्टार नारायणप्रसाद पन्थीले वैशाख २७ मा सो रिट दर्ता गर्न नमिल्ने आदेश गरेका छन् ।

पन्थीबाट भएको आदेशको विरुद्ध दर्ता गर्न खोजिएको निवेदन पनि सर्वोच्चले दर्ता नगरेको वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले बताए । 

अदालतले गोप्य रुपमा लेनदेन गरेको कमिसन अदालतको क्षेत्राधिकारभित्र नपर्ने दाबी गरेर निवेदन दरपिठ गरेको छ । वरिष्ठ अधिवक्ता भण्डारीले औषधि खरिदमा भएको भ्रष्टाचार, कोभिड–१९ सुरु भएपछिको कालोबजारी, सरकारले गरेको खर्च र अपचलनबारे छानबिन गर्न डा. गोविन्द केसी, डा.द्वारिकानाथ ढुङ्गेल र सुकदेव भट्टराईजस्ता निष्कलङ्क व्यक्तिको नेतृत्वमा नागरिक आयोग गठन गर्न माग गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि