बैशाख २०, २०८१, बिहीबार
               

प्रधानमन्त्री नबनेकालाई प्रधानमन्त्री बनाऔँ : भट्टराई

नेपाल फ्ल्यास
बैशाख २९, २०७८

ADVERTISEMENT

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री नभएका व्यक्तिहरुमध्येबाट प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् । 

वैशाख २७ मा प्रधानमन्त्रीले विश्वासको प्रस्ताव पाउन नसकेपछि बहुमतीय आधारमा प्रधानमन्त्री बनाउने प्रयत्नमा जुटेका भट्टराईले बुधबार सामाजिक सञ्जालमा एक ट्विट गर्दै सो बताएका हुन् । 

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले मुलुकको वर्तमान संकट हल गर्न संविधानको धारा ७६ (२) बमोजिम सबै दलको सहभागितामा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् । त्यस्तो सरकारले मुलुकका वर्तमान समस्या हल गरी एक वर्षभित्र चुनाव गराउनुपर्ने पनि उनको भनाइ छ ।

यस्तै उनले राजनीतिक दलका प्रमुख तथा पूर्वप्रधानमन्त्री रहेको एक निर्देशक समिति बनाएर अघि बढ्नुपर्ने पनि धारणा राखेका छन् ।

यो पनि