जेठ ०४, २०८१, शुक्रबार
               

नयाँ सरकारको निर्णायक शक्ति को ?
जसपाको महन्थ–राजेन्द्र पक्ष की एमालेको नेपाल पक्ष ?

नेपाल फ्ल्यास
बैशाख २८, २०७८

ADVERTISEMENT

प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । सोमबार अपरान्ह प्रधानमन्त्री ओली पदमुक्त भए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी भन्दा दलको सरकार गठन गर्न आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले तीन दिनको समय दिएकाले अबको राजनीतिक कोर्स नयाँ सरकार गठनतिर केन्द्रित हुनेछ । अर्थात्, संसदमा सांसदहरूको जोड घटाउ सुरु भयो । सांसदहरूको तानातान र नेताहरूबिच भेटवार्ता अब सघन हुने प्रस्ट छ ।

प्रधानमन्त्री ओली निकट नेताहरूले भने नयाँ सरकार कुनै हालतमा नबन्ने दाबी गर्दै आएका छन् । उनीहरूका तर्क मान्ने हो भने राष्ट्रपतिले दिएको समयभित्र दुई वा दुई भन्दा बढी दलको सरकार बन्नेछैन । त्यसपछि संविधानको अर्को धारा आकर्षित हुने । र ठुलो दलको नेताका हैसियतमा ओली नै प्रधानमन्त्री हुने परिस्थिति निर्माण हुन्छ । 

त्यो सरकारले पनि विश्वासको मत पाउन नसके मुलुक चुनावतिर जानेछ । तर विपक्षी दलका नेताहरूले भने नयाँ सरकार गठन हुने दाबी गरिरहेका छन् ।

राजपाका ठाकुर– महतो निर्णायक

संसदमा कायम सङ्ख्याको आधारमा बहुमत पुग्न १३६ सांसद आवश्यक पर्दछ। सोमबार प्रधानमन्त्रीको विपक्षमा १२४ जनाले मत दिए । जसपाबाट १५ मत प्रधानमन्त्री ओलीको प्रस्तावमाथि तटस्थ बसेको थियो । त्यो मत महन्थ–ठाकुर पक्षका सांसद्हरुको हो। सो पार्टीका ३२ मध्ये दुई सांसद् मतदान प्रक्रियामा सहभागी भएनन्।

सोमबारको प्रतिनिधि सभाको बैठकमा उपेन्द्र समूहकै दुई सांसद तटस्थ बसेका थिए । पार्टीले पक्ष–विपक्षमा मतदान गर्न बाध्यकारी नभएकाले उनीहरु तटस्थ बसेको पार्टी अध्यक्ष उपेन्द्र यादवले बताए । महन्थ–राजेन्द्र पक्षसँग छलफल गरी बहुमतको सरकार बनाउने उनले बताएका छन् । 

यादव संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार बन्नेमा ढुक्क देखिएका छन्। विश्वासको प्रस्तावमाथिको छलफलमा समेत उनले ओलीको कडा आलोचना गर्दै वैकल्पिक सरकार बन्ने बताएका थिए ।

दलहरुलाई बहुमत पु¥आउन दुई विकल्प छन् । पहिलो, जसपाको महन्थ–राजेन्द्र पक्षलाई साथमा लिने। दोस्रो माधव नेपाल पक्षका सांसदले राजीनामा गर्ने । दोस्रो विकल्प जोखिमपूर्ण र सहज छैन । 

माधव नेपाल पक्षका १८ सांसदले राजीनामा दिएको अवस्थामा महन्थ–राजेन्द्र पक्षले साथ नदिए पनि नयाँ बहुमतको सरकार बन्छ । त्यस बेला सांसदको कायम सङ्ख्या २५३ हुन पुग्दछ ।

काँग्रेस ६१,माओवादी केन्द्र ४८ (सभामुख बाहेक), जसपा १६, जनमोर्चा र स्वतन्त्र १÷१ गर्दा १२७ मतले बहुमत पुग्दछ ।


कस्तो लाग्यो ?

यो पनि