जेठ ०४, २०८१, शुक्रबार
               

प्रधानमन्त्रीजी तपाईंसँग विश्वासको मत माग्ने अधिकार छ ? : प्रचण्ड

नेपाल फ्ल्यास
बैशाख २७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीलाई संसद् र सांसदहरुसँग विश्वास माग्ने नैतिक अधिकार छ भनी प्रश्न गरेका छन् । 

प्रधानमन्त्रीले विश्वासको मत माग्न राखेका प्रस्तावमा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा र सांसदहरुको पदको हत्या गर्ने प्रधानमन्त्रीले त्यही संसदकोविश्वास माग्नु नैतिक हुन्छ भन्दै उनले सो प्रश्न उठाएका हुन् । 

‘प्रतिनिधिसभा विघटन गर्ने, सांसदका पदहरु मृत घोषणा गर्ने प्रधानमन्त्रीले विश्वासको मत माग्नु कति नैतिक हुन्छ?,’ दाहालले भने, ‘तपाईं फेरि पनि यो प्रतिनिधिसभा विघटन गर्न भूमिका बाँधिरहनुभएको छ भनेर जनताले प्रश्न उठाइरहेका छन्, मलाई पनि तपाई अर्कै के गर्न खोज्दै हुनुहुन्छ कि भन्ने आशंका लागिरहेको छ ।’ उनले नियमित अधिवेशन आवश्यक भइसकेको अवस्थामा विशेष अधिवेशन बोलाउने काम पनि स्वभाविक नभएको बताए ।


कस्तो लाग्यो ?

यो पनि