बैशाख ०८, २०८१, शनिबार
               

भीम रावलको प्रश्न : ओली कसरी वैध अध्यक्ष भए ?

नेपाल फ्ल्यास
बैशाख २७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष भीम रावलले केपी शर्मा ओली अवैध अध्यक्ष भएको बताउँदै उनको ह्विप कसरी मान्ने भनी प्रश्न गरेका छन् । 

माधवकुमार नेपाल समूहका सांसदहरुको बैठकपछि पत्रकारहरुसँग कुरा गर्ने क्रममा नेता रावलले सो प्रश्न गरेका हुन् ।रावलले केपी शर्मा ओली नै सर्वोच्चको फैसलाभन्दा विपरीत हिँडेकाले अवैध भएको उनको तर्क छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै अवैध अध्यक्ष भएकाले ह्विप मान्नुनपर्ने नेता भीम रावलले बताएका छन् ।‘अवैध अध्यक्षले निर्देशन दिएको हामीलाई मान्य हुँदैन,’ रावलले भने, ’उहाँले सर्वोच्चको फैसला बमोजिम बैठक बोलाउनुपर्छ । पहिला ओली वैध हुनुपर्छ । त्यसपछि मात्रै ह्विप मान्छौँ ।’

यो पनि