बैशाख २०, २०८१, बिहीबार
               

डेडलाइन सकिएपछि एमाले अध्यक्ष ओलीको ट्विट :  हतारमा अनुचित निर्णय नलिनुस्

नेपाल फ्ल्यास
बैशाख २७, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हतारमा कुनै पनि अनुचित निर्णय नलिन आग्रह गरेका छन्। माधवकुमार नेपाल समूहले आज ९ बजेसम्मका लागि दिएको समयलाई बेवास्ता गरेका ओलीले १० स् ५५ बजे ट्विट गर्दै समस्या भए सँगै बसेर छलफल तथा समाधान गर्न सकिने बताएका हुन्। 

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबिच पार्टी कसले विभाजित गरायो भन्ने देखाउने होडबाजी जारी छ। त्यसै क्रममा ओलीले ट्विट गरेका हुन्। 

‘यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु,’ ओलीले ट्विटमा भनेका छन्,‘आउनुस्, केही समस्या भए सँगै बसौँ, छलफल गरौँ र समाधान गरौँ।’

उनले भनेका छन्  ‘नेकपा एमाले संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ । त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ।’

 


कस्तो लाग्यो ?

यो पनि