बैशाख २०, २०८१, बिहीबार
               

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, होला त सपना पूरा ?

नेपाल फ्ल्यास
बैशाख २७, २०७८

ADVERTISEMENT

काठमाडौं । आज वैशाख २७ गते सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेका छन् ।

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्यूँतिएर माओवादी केन्द्रले औपचारिक रुपमा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा रहेको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो ।

प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकिन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा अहिले २७१ जनामात्र सांसद रहेका छन् । 

एमालेकै वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूह, नेपाली कांग्रेस र माओवादी केन्द्र पनि ओलीको विपक्षमा उत्रिएका छन् । सरकारलाई निरन्तरता दिन प्रधानमन्त्रीलाई १ सय ३६ भोट चाहिन्छ । 


कस्तो लाग्यो ?

यो पनि