जेठ ०४, २०८१, शुक्रबार
               

संवैधानिक परिषद् बैठक : लोकसेवालगायत संवैधानिक आयोगमा नियुक्ति सिफारिस

नेपाल फ्ल्यास
बैशाख २६, २०७८

ADVERTISEMENT

संवैधानिक परिषद्ले लोकसेवा आयोगलगायत संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा विभिन्न व्यक्तिको नियुक्तिका लागि सिफारिस गरेको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकले संवैधानिक आयोगमा नियुक्ति सिफारिस गरेको छ ।

कुन–कुन पदमा कसलाई सिफारिस गरियो भन्ने विस्तृत विवरण आउन बाँकी छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको परिषद् बैठक प्रमुख प्रतिपक्षी दलका नेता काँग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा सहभागी थिएनन् ।

सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबिनै परिषद् बैठक बस्न सक्ने गरी सरकारले संवैधानिक परिषद् अध्यादेश ल्याएपछि काँग्रेसले उक्त अध्यादेशको विरोध गरिरहेको छ।

आजको बैठकमा प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष तिम्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहभागी थिए ।

 


कस्तो लाग्यो ?

यो पनि