जेठ ०४, २०८१, शुक्रबार
               

संवैधानिक परिषद बैठक स्थगित गर्न प्रचण्डको आग्रह

नेपाल फ्ल्यास
बैशाख २५, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संवैधानिक परिषदको बैठक स्थगित गर्न आग्रह गरेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक बैठक बोलाउने तयारी गरिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार एक विज्ञप्ति जारी गरी सो आग्रह गरेका हुन् । 

संविधानको मर्म र भावना विपरीत संवैधानिक निकायहरुालर्य निरंकुशताको मतियार बनाउने गलत मनसायसहित प्रधानमन्त्री ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको पनि प्रचण्डले आरोप लगाएका छन्। 

‘यसै सन्दर्भमा लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठकमार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्दै छ,’ प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

प्रमुख प्रतिपक्षी दलका नेता  र सभामुखले समेत भाग नलिने निर्णय सार्वजनिक गरिसकेको अवस्थामा आइतबार बोलाइएको परिषदको बैठक स्थगित गर्न प्रचण्डको आग्रह छ। 

‘संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषदका सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ,’ प्रचण्डले आफ्नो वक्तव्यमा भनेका छन्। 

शनिबार नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् संसदीद दलका नेता शेरबहादुर देउवाले समेत संवैधानिक परिषदको बैठकमा आफू सहभागी नहुने घोषणा गरेका छन्। देउवाले अरु सदस्यलाई पनि बैठकमा सहभागी नहुन आह्वान गरेका छन्। 

यो पनि