जेठ ०४, २०८१, शुक्रबार
               

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

नेपाल फ्ल्यास
बैशाख २५, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

बैठक साँझ ५ बजेलाई बोलाएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार बैठकका एजेन्डा पनि खुलाइएको छैन ।

नियमित मन्त्रिपरिषद्को बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेको छ । 

यसअघि ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि डाकेका  छन् । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा सहभागी नहुने भएका छन् । शनिवारको मन्त्रिपरिषद् बैठकमा सोही विषयमा निर्णय हुनसक्ने बताइएको  छ।

‘एजेन्डा पनि नखुलाएको र शनिवार मन्त्रिपरिषद् बैठक बोलाएकोले‘ कुनै महत्त्वपूर्ण निर्णय हुनसक्ने आफूहरूले अनुमान गरेको एक मन्त्रीले बताए ।


कस्तो लाग्यो ?

यो पनि