जेठ ०४, २०८१, शुक्रबार
               

थापाथलीमा ओली नेपाल निर्णायक वार्ता

नेपाल फ्ल्यास
बैशाख २४, २०७८

ADVERTISEMENT

एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालले थापाथलीस्थित पार्टी कार्यालयमा निर्णायक छलफल गर्ने भएका छन् । 

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले केही बेरपछि २ नेताबीच भेटवार्ताको टुंगो लाग्ने बताए । पार्टी कार्यालयमा उहाँहरूबीच भेटघाटको तयारी भएको र १ घण्टाजतिमा सबै कुरा प्रस्ट हुने उनले बताए ।

यो बैठकले पार्टीभित्र बढेको विवादको निराकरण गर्ने विश्वास पनि उनले व्यक्त गरे ।

विश्वासको मत लिने मिति नजिकिँदै जाँदा ओलीले नेता नेपाल र झलनाथ खनाल पक्षका नेताहरूसँग छलफल भएका संवाद बढाएका छन् । ओलीले बिहीबार राति माधव नेपालसँग टेलिफोनमा कुरा गर्दै तिक्तता घटाउने उपायहरूबारे परामर्श गरेका थिए ।

नेपालनिकट एक नेताका अनुसार खनाल नेपाल पक्षका नेताहरूमाथि चलाएको अनुशासनको कारबाही फुकुवा गर्न ओली तयार देखिएका छन् । उनले एकलौटी थपेका पार्टी पदाधिकारी र सदस्य फिर्ता लिन माधव पक्षले राखेको माग सम्बोधन गर्न भने उनी अहिलेसम्म तयार देखिएका छैनन् ।


कस्तो लाग्यो ?

यो पनि