जेठ ०४, २०८१, शुक्रबार
               

आज पनि एमालेको स्थायी कमिटी बैठक बस्दै

नेपाल फ्ल्यास
बैशाख २४, २०७८

ADVERTISEMENT

काठमाडौ । आज पनि सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा उपनिर्वाचनको लागि पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउन आज स्थायी कमिटी बैठक बस्ने भएको स्रोतले जनाएको छ ।

साथै, आज विभिन्न तहमा औपचारिक तथा अनौपचारिक छलफलका हुने नेकपा एमाले संसदीय दलका उप नेतासमेत रहेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बताए । आज उम्मेदवारको टुंगो लगाउनभन्दा अगाडि बिहीबार बिहान पनि बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बसेको थियो । 

उक्त बैठकमा पार्टीको तर्फबाट उठाउने उम्मेदवारलाई जित दिलाउन विभिन्न पक्षसँग छलफल गर्ने निर्णय भएको थियो । माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादललाई नै एमालेले राष्ट्रियसभा उप निर्वाचनमा उम्मेदवार बनाउने तयारी गरेको छ ।

पहिले पनि थापाले नै चुनाव जितेको सिटमा फेरि पनि उनलाई नै उम्मेदवार बनाइने एमाले अध्यक्ष केपी ओलीले यसभन्दा अगाडि नै बताइसकेका छन् । त्यस्तै, आज उम्मेदवारको टुंगो लगाउनुअघि नेकपा एमालेका दुवै समूहका नेताहरु पार्टीलाई एक ढिक्का बनाउने विषयमा छलफलमा जुटेका छन् । 


कस्तो लाग्यो ?

यो पनि