जेठ ०४, २०८१, शुक्रबार
               

विश्वासको मत प्राप्त गर्ने गरी अघि बढ्ने एमालेको निर्णय

नेपाल फ्ल्यास
बैशाख २३, २०७८

ADVERTISEMENT

 नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ । बालुवाटारमा बसेको स्थायी बैठकपछि नेताहरुले बैठकबारे यस्तो जानकारी दिएका हुन् ।


 प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिन लागेका छन्। त्यसअघि ओलीसहित एमाले नेताले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग बुधवार बुढानीलकण्ठ पुगेर विश्वासको मत मागेका थिए । तर काँग्रेसले विश्वासको मत दिन नसकिने प्रस्ट बताएको छ। प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत लिन नसके अरूले बहुमतको सरकार बनाउने अवस्था पनि नरहने भन्दै चुनावमा जानुपर्ने तर्क अगाडि सारिरहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि