जेठ ०४, २०८१, शुक्रबार
               

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक

नेपाल फ्ल्यास
बैशाख २३, २०७८

ADVERTISEMENT

नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै छ । १० बजेका लागि बोलाइएका भनिएपनि बैठकमा नेताहरू जाने क्रम जारी छ ।  केहीबेरमा बालुवाटारमा बैठक सुरु हुने एक स्थायी कमिटी सदस्यले  बताए। एमालेमा १९ जना स्थायी कमिटी सदस्य छन्। नेता झलनाथ खनाल र माधव नेपाल पक्षविनै ओलीले केही समयअगाडि स्थायी कमिटी गठन गरेका थिए । 

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिन लागेका छन्। त्यसअघि ओलीसहित एमाले नेताले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग बुधवार बुढानीलकण्ठ पुगेर विश्वासको मत मागेका थिए। तर काँग्रेसले विश्वासको मत दिन नसकिने प्रस्ट बताएको छ।

प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत लिन नसके अरूले बहुमतको सरकार बनाउने अवस्था पनि नरहने भन्दै चुनावमा जानुपर्ने तर्क अगाडि सारिरहेका छन्।


कस्तो लाग्यो ?

यो पनि