बैशाख १६, २०८१, आइतबार
               

लुम्बिनी प्रदेश सांसद डाँगीले दिए पदबाट राजीनामा

नेपाल फ्ल्यास
बैशाख २२, २०७८

ADVERTISEMENT

काठमाडौं ।लुम्बिनीमा नेकपा एमालेका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले पदबाट राजीनामा दिएका छन् ।

बुधबार दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले संसद पदबाट राजीनामा दिएका हुन् । उनले प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका छन् । उनले बुझाएको राजीनामा पत्रमार्फत् उनले प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश सरकारप्रति असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर दुई तिहाई बहुमतको बर्खिलाप, कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक प्रणाालीलाई नै तहसनहस गरेको, संविधान, विधि र प्रक्रियाको चीरहण गरेको र मुलुकलाई अस्थिरतातर्फ धकेलेको उनको आरोप छ । 

पत्रमा उनले भनेका छन्, ‘उच्च रक्तचापको विरामी राजनीतिक खिचातानीबाट मुक्त भई आराम गर्न चाहन्छु ।’

यो पनि