जेठ ०४, २०८१, शुक्रबार
               

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, ओली सरकार अल्पमतमा

नेपाल फ्ल्यास
बैशाख २२, २०७८

माओवादीले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ताको पत्र बुझ्दै प्रतिनिधिसभा सचिव गोपालनाथ योगी।
ADVERTISEMENT

नेकपा माओवादी केन्द्रले सरकारका समर्थन फिर्ता लिएको जानकारी सङ्घीय संसद सचिवालयलाई गराएको छ । मङ्गलवार स्थायी कमिटी बैठकबाट समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्रले आज संसदलाई जानकारी गराएको हो । सदनलाई जानकारी गराउन प्रमुख सचेतक देव गुरुङ सङ्घीय संसदका महासचिव गोपालनाथ योगीको कार्यकक्षमै पुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिबाट प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान भइसकेका बेला मङ्गलवार माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको थियो । यसअघि समर्थन फिर्ता लिन प्रधानमन्त्री ओलीले माओवादीलाई पटक पटक चुनौती दिए पनि फेरि संसद विघटन हुनसक्ने खतरा देखेर फिर्ता लिएको थिएन । यससँगै ओली सरकार अल्पमतमा परेको छ ।


कस्तो लाग्यो ?

यो पनि