जेठ ०४, २०८१, शुक्रबार
               

ओलीविरुद्ध विपक्षी गठबन्धन रणनीति बनाउँदै
अविश्वास प्रस्ताव फेल गराएर नयाँ सरकार बनाउने गृहकार्य

नेपाल फ्ल्यास
बैशाख २२, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इतर पक्षका नेताहरु अविश्वासको प्रस्ताव सफल बनाउने रणनीति तय गर्न छलफलमा जुटेका छन् । मङ्गलवार काँग्रेस पदाधिकारीको बैठकले प्रधानमन्त्री ओलीको योजना ‘फेल’ गराउने निर्णय गरे लगत्तै एमालेमा प्रधानमन्त्री ओली इतर पक्षसहितका अरू विपक्षी दलहरू रणनीतिमा जुटेका हुन् ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने भएपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र, एमाले वरिष्ठ नेता झलनाथ खनाल खनाल– माधव कुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव– बाबुराम भट्टराई पक्षबिच सघन छलफल सुरु भएको हो । 

मङ्गलवारदेखि औपचारिक छलफल जुटेका उनहिरुले आज पनि निरन्तरता दिँदै छन् । विश्वास मतमा प्रधानमन्त्री ओलीलाई कसरी विफल बनाउने र आगामी दिनमा कसरी जाने भन्ने विषयमा उनीहरूको छलफल केन्द्रित छ । अविश्वास प्रस्ताव फेल गराएर आफूहरूको गठबन्धनको नयाँ सरकार बनाउने विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।

छलफलको नेताहरूले आफ्नो पार्टीले लिएका निर्णय र भएको छलफलबारे एक अर्कालाई जानकारी गराइरहेका छन् । माओवादी केन्द्रले ओली सरकार विद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ। मङ्गलवारको छलफलमा अविश्वासको प्रस्ताव दर्ता गर्न ढिलो भएको भन्दै थप ढिलो नगर्न अरू दलहरूले सुझाव दिएपछि बुधबार माओवादी केन्द्रले अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

यसअघि मङ्गलवार काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल र जनता समाजवादी पार्टीका वरिष्ठ नेता उपेन्द्र यादवबिच छलफल भएको छ । मङ्गलवार साँझ महाराजगन्जस्थित प्रमोद राणाको निवासमा चार नेताबिच छलफल भएको नेताहरूले बताए ।

मङ्गलवार काँग्रेस पार्टी पदाधिकारी तथा शीर्षस्थ नेता सम्मिलित बैठकले ओलीलाई विश्वासको मतमा विफल पार्ने रणनीति अख्तियार गर्ने निर्णय लिएको थियो । आन्तरिक छलफल गरेर साँझ काँग्रेस सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपा अध्यक्षसँग भेटवार्ता गरेका थिए ।

त्यसै गरी मङ्गलवारै माओवादी केन्द्रको स्थायी समिति बैठकले पनि ओली सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो । यता एमालेको खनाल–नेपाल पक्षले पनि आफ्नै पार्टी अध्यक्षलाई असहयोग गर्नका लागि सांसद पदबाट सामूहिक राजीनामा दिने निर्णय लिएका छन् । त्यसै गरी जसपाको यादव– भट्टराई पक्ष पार्टी र संसदीय दलमा बहुमत कायम राख्न मङ्गलवार दिनभर व्यस्त रहे पनि सफल हुन सकेनन् । जसपाका राजेन्द्र महतो र महन्थ ठाकुर पक्ष भने ओली सरकारको पक्षमा छन् ।


कस्तो लाग्यो ?

यो पनि