जेठ ०४, २०८१, शुक्रबार
               

प्रतिनिधिसभा सांसदहरूको स्वाब सङ्कलन सुरु

नेपाल फ्ल्यास
बैशाख २२, २०७८

ADVERTISEMENT

प्रतिनिधिसभा संसद्को विशेष अधिवेशनका लागि सांसदहरूको कोरोना परीक्षणका लागि स्वाबको नमुना सङ्कलन गर्न थालिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि ५ बजेसम्म दुई दिन स्वाब सङ्कलन हुने संसद सचिवालयले जनाएको छ ।

सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, सङ्घीय सांसदहरू, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरूको पीसीआर परीक्षणका लागि आज बुधबार स्वाब सङ्कलन गरिने छ ।

भोलि सङ्घीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिला पत्रकार, स्वकीय सचिवालयका कर्मचारीलगायतको स्वाब सङ्कलन गरिने संसद सचिवालयले जनाएको छ।

 

 


कस्तो लाग्यो ?

यो पनि