बैशाख १७, २०८१, सोमबार
               

गण्डकी प्रदेश र सुदूरपश्चिममा प्रदेश प्रमुख नियुक्त

नेपाल फ्ल्यास
बैशाख २०, २०७८

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेश र सुदूरपश्चिममा प्रदेश प्रमुख नियुक्त भएका छन् ।

गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । 

गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख पदमुक्त भएकै दिन उनीहरु प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन् ।

नवनियुक्त प्रवेश प्रमुखले सोमबार नै सपथ लिने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि