जेठ ०४, २०८१, शुक्रबार
               

मुख्यमन्त्री पोखरेललाई बर्खास्त गर्न विपक्षी दलको माग

नेपाल फ्ल्यास
बैशाख २०, २०७८

ADVERTISEMENT

दाङ । लुम्बिनी प्रदेश सभाका विपक्षी चार दलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गर्न माग गरेका छन् ।

अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेललाई मुख्यमन्त्री बनाएको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सो माग गरेका हुन् । 

सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै चार दलले प्रदेश प्रमुखले स्वेच्छाचारी ढंगले विशेष अधिवेशन अन्त्य गरेर निरंकुश चरित्र प्रदर्शन गरेको र प्रदेशसभाको विशेष अधिकार हनन् गरेको आरोप लगाएका छन् । 

यसका अलावा चार दलले मुख्यमन्त्री पोखरेलमाथि अविश्वास प्रस्तावको टुंगो नलगाई षड्यन्त्रमूलक ढंगले विशेष अधिवेशन अन्त्य गरिएको भन्दै तत्काल विशेष अधिवेशन डाक्न माग गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि