जेठ ०४, २०८१, शुक्रबार
               

विपक्षीका विरोधका बीच मुख्यमन्त्री पोखरेलले लिए शपथ

नेपाल फ्ल्यास
बैशाख १९, २०७८

ADVERTISEMENT

विपक्षी गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित बहुमत दाबी गरेकै अवस्थामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन ।

 पुन:नियुक्ति मुख्यमन्त्री शंकर पोखरेलले बल प्रयोग गरेर शपथ लिएका हुन् । एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले राति ८ बजे पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा सांसदहरु मुख्यमन्त्रीलाई शपथ नगराउन माग गर्दै धर्ना बसेका थिए। धर्ना बसेका सांसदहरू र प्रहरीबीच घम्साघम्सीसमेत भएको छ । मुख्यमन्त्री पोखरेले वहुमत गुमाएको भन्दै ४२ सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र जनमोर्चाले कुलबहादुर केसीलाई मुख्यमन्त्रीको प्रस्ताव गरेका थिए।


कस्तो लाग्यो ?

यो पनि