जेठ ०४, २०८१, शुक्रबार
               

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

नेपाल फ्ल्यास
बैशाख १९, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा मन्त्रीहरुसमक्ष आफूले विश्वासको मत लिने जानकारी गराएका हुन्।

उनले आगामी वैशाख २७ गते विश्वासको मत लिने तयारी गरेको पनि मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ । स्थायी कमिटीको बैठकलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए ।

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन्छु भनी प्रस्ताव पेस गरेमा सो प्रस्ताव प्रतिनिधि सभामा रहेका बहुमत सदस्यद्वारा स्वीकृत हुनुपर्छ।हाल संसद अधिवेशन अन्त्य गरिएको छ तर जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधानका कारण अब छिट्टै संसद अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ । 


कस्तो लाग्यो ?

यो पनि