बैशाख १६, २०८१, आइतबार
               

एक बैठक पनि नबसी लुम्बिनीको विशेष अधिवेशन अन्त्य

नेपाल फ्ल्यास
बैशाख १९, २०७८

ADVERTISEMENT

लुम्बिनी प्रदेशको विशेष अधिवेशन अन्त्य भएको छ । आइतबारका लागि बोलाइएको बैठक नबसेर नै अन्त्य भएको हो । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनीहरूको आह्वानमा उक्त प्रस्ताव उपर छलफलका लागि विशेष अधिवेशन बोलाइएको थियो ।

अधिवेशन सुरु हुनुअघि नै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि उक्त अधिवेशनको औचित्य नभएको भन्दै प्रदेश प्रमुख धर्मनाथ यादवले आजै बैठक अन्त्यको आह्वान गरेका हुन् । सूचना टाँस गरेर अधिवेशन अन्त्य भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी गराएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि