जेठ ०४, २०८१, शुक्रबार
               

कम्युनिस्ट आन्दोलनलाई एक ढिक्का बनाउन गौतमको आग्रह

नेपाल फ्ल्यास
बैशाख १८, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आग्रह गरेका छन् । शनिबार अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा शुभकामना सन्देश दिने क्रममा उपाध्यक्ष गौतमले सो आग्रह गरेका हुन् । 

शुभकामना सन्देशमा उनले पार्टीभित्र विगतमा आफ्ना कमीकमजोरी रहेको भन्दै आत्मआलोचनासमेत गरेका छन् । ‘नेताहरुले आत्मालोचित भएर नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आग्रह गर्छु। विगतमा मबाट पनि गल्ती र कमजोरी भएका छन्,’ र, सामाजिक सञ्जालमा लेखेका छन् , ‘मबाट पनि यस बीचमा केही कमजोरी र गल्ती भएका छन् । आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित छु । तिनलाई सच्याउन लागिपरेको पनि छु ।’

सत्ता स्वार्थ प्रेरित क्रियाकलापबाट श्रमजीवी वर्गीय आन्दोलनलाई छियाछिया बनाइरहेको पनि गौतमको भनाइ छ । सत्ता स्वार्थ प्रेरित गतिविधि नरोके मुलुकमा फेरि प्रतिगमन स्थापित हुने गौतमको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि