जेठ ०४, २०८१, शुक्रबार
               

श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार हुन्छ : प्रधानमन्त्री

नेपाल फ्ल्यास
बैशाख १८, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुग्ने बताएका छन् । प्रधानमन्त्रीद्वारा शनिबार मजदुर दिवसको शुभकामना जारी गर्दै सो बताएका हुन् । 

‘श्रमिकको न्यूनतम पारिश्रमिक बढ्न नसकेको उल्लेख गर्दै आर्थिक वर्ष २०७८/ ७९ बाट न्यूनतम पारिश्रमिकको पुनरावलोकन भई मासिक १५ हजार हुने र सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याइनेछ,’ प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

१३२ वर्षअगाडि श्रम शोषण गरी अनुचित लाभ लिनेका विरुद्ध आवाज उठाएर सुरु भएको आन्दोलन दिवसका रूपमा मनाउँदै आएको स्मरण गर्दै उनले विश्वव्यापी रूपमा कार्यथलोमा हरेक दिन सात हजार  ६०० मानिस मर्ने गरेको र  दक्षिण एसियामा लगभग चार हजार ५०० श्रमिकको भवन भत्किएर ज्यान जाने गरेको बताए । उनले कोभिडका कारण गत वर्ष २५ करोड काम गुम्यो, अहिले २५ करोड काम खतरामा परेको अन्तरराष्ट्रिय रूपमा प्रक्षेपण गरिएको उल्लेख गरे ।  

यो पनि