मंसिर ०१, २०८१, शनिबार
               

बागमती प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

नेपाल फ्ल्यास
बैशाख १५, २०७८

ADVERTISEMENT

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बुधबार तीन नवनियुक्त मन्त्री र एक राज्यमन्त्रीलाई  प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नवनियुक्त मन्त्रीहरु तथा राज्यमन्त्रीलाई पद र गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री पौडेलले नुवाकोटका केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, सिन्धुपाल्चोकका सुरेस नेपाललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, दोलखाकी सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् भने सामाजिक विकास राज्यमन्त्रीमा धादिङका डा.रामकुमार अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

यसअघि नेकपा माओवादी र नेपाल समूहका मन्त्रीले पदबाट राजीनामा दिएका थिए । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री  युवराज दुलाल ‘शरद’ ले संयुक्त रुपमा राजीनामा पेस गरेका थिए । उनीहरुको राजीनामासँगै विगत ४ महिनादेखि प्रदेशका ३ मन्त्रालय मन्त्रीविहीन थिए । मन्त्रालयको सम्पूर्ण जिम्मेवारी मुख्यमन्त्री पौडेलले सम्हाल्दै आएका थिए ।


कस्तो लाग्यो ?

यो पनि