जेठ ०४, २०८१, शुक्रबार
               

सांसदको पिसिआरपछि मात्रै गण्डकी प्रदेशसभा बैठक बस्ने

नेपाल फ्ल्यास
बैशाख १४, २०७८

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक स्थगित भएको छ । 

मंगलबार बैठक सुरु भएसँगै कोभिडलाई ख्याल नगरी बैठक डाकिएको भन्दै विरोध भएपछि सो बैठक बुधबारसम्मका लागि स्थगित भएको हो । तर, एक स्रोतका अनुसार कोरोनाको रिपोर्ट आएपछि मात्रै गण्डकी प्रदेश सभा बैठक बस्ने बताइएको छ । 

सत्तारुढ दल नेकपा एमालेका सांसदले पिसिआर परीक्षण नगरी बैठक सञ्चालन नगर्न माग गरेका थिए । एमालेका सांसदहरु आफ्नो स्थानमा उठेर निरन्तर विरोध जनाएपछि सभामुखले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

कुनै प्रदेशसभा सांसदमा कोरोना संक्रमण देखिएको अवस्थामा भने त्यस्तो सांसदलाई निजी सवारी साधनमा आएर प्रदेशसभामा अविश्वास प्रस्तावमाथिको मतदानमा भाग लिन दिइने तर बैठकमा सहभागी नगराइने पनि दलहरुबीच सहमति भएको छ ।


कस्तो लाग्यो ?

यो पनि