मंसिर ०१, २०८१, शनिबार
               

गण्डकी प्रदेश मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस

नेपाल फ्ल्यास
बैशाख १३, २०७८

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेश सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ ।

सोमबार सुरु भएको विशेष अधिवेशनमा नयाँ मुख्यमन्त्रीसहित उनीविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिएको हो । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेस गरेका हुन् ।

प्रस्ताव पेस गर्दै नेता कृष्णचन्द्र नेपालीले संघीय र प्रदेश सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडिरहेकाले अविश्वासको प्रस्ताव ल्याइएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक कदमलाई मुख्यमन्त्रीले पनि समर्थन गरेकाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु परेको उनको भनाइ थियो ।

यो पनि