बैशाख १७, २०८१, सोमबार
               

गण्डकी प्रदेशमा आज अविश्वासको प्रस्ताव टेबुल हुँदै

नेपाल फ्ल्यास
बैशाख १३, २०७८

ADVERTISEMENT

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आजको प्रदेश सभा विशेष अधिवेशनमा अविश्वास प्रस्ताव टेबुल हुँदैछ ।

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आज दिउँसो २ बजेबाट सुरु हुने भएकाे हाे । आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते राति नै संसद अधिवेशन अन्त्यको सिफारिस गरेका थिए ।

चालू संसद अन्त्य भएपछि कांग्रेस, माओवादी र जसपासहितले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख समक्ष समावेदन गरेका थिए । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव टेबुल गर्ने निर्णय गरेकाे हाे । आजकाे पहिलो बैठकमा अविश्वासको प्रस्ताव टेवुल हुँदैछ  ।

मुख्यमन्त्री गुरुङको विरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी (जसपा) सहितका दलले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । राष्ट्रिय जनमोर्चाले हस्ताक्षर नगरे पनि प्रस्तावको समर्थन गरेको छ । नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेललाई प्रस्ताव गरिएको छ ।

मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका दुई गरी २८ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा अविश्वास प्रस्ताव पास हुन ३१ मत आवश्यक हुन्छ।


कस्तो लाग्यो ?

यो पनि