बैशाख ०८, २०८१, शनिबार
               

फागुनभित्र स्थानीय चुनाव हुन्छ : ओली

नेपाल फ्ल्यास
बैशाख १०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले सो बताएका हुन् । सो क्रममा उनले स्थानीय तहको चुनावी तयारीमा लाग्नसमेत निर्देशन दिएका छन् ।

‘फागुनभित्रै स्थानीय तहको चुनाव हुन्छ, सबै कमिटीहरु आजैदेखि लाग्नुहोला’, प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो। स्थानीय चुनावबारे प्रधानमन्त्री ओली पहिलोपटक बोलेका हुन् ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीबाट जोगिन र आमनागरिकलाई बचाउने अभियानमा पार्टी पंक्ति परिचालित हुन पनि निर्देशन दिएका छन् ।

यो पनि