जेठ ०४, २०८१, शुक्रबार
               

सबै कम्युनिष्टहरुलाई एकतावद्ध हुन अध्यक्ष प्रचण्डको आग्रह

नेपाल फ्ल्यास
बैशाख ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण कम्युनिष्टहरुलाई एबतावद्ध हुन आग्रह गरेका छन् ।

उनले आज नेपाल कम्युनिष्ट पार्टीको ७२औँ स्थापना दिवसको अवसरमा कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशिल, शक्तिहरूलाई एकतावद्ध हुँदै प्रतिगमनविरुद्ध अभियानमा एकतावद्ध हुन आग्रह गरेका हुन् ।  

सो अवसरमा शुभकामना दिँदै अध्यक्ष दाहालले देशको आर्थिक विकास, समृद्धि र समाजवाद उन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरूको ऐक्यबद्धता अहिलेको ऐतिहासिक आवश्यकता भएको बताएका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि