नेपालक कम्युनिस्ट पार्टी माओवादी केन्द्रकाे आज बसेकाे बैठकले सरकारलाई दिएको समर्थन फिर्ताकाे विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।
सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई बैठकले दिएकाे नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने, ‘वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनका बारेमा निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिइएको छ ।’