बैशाख १७, २०८१, सोमबार
               

‘जुनसुकै बेला निर्वाचन हुन सक्छ’

नेपाल फ्ल्यास
बैशाख ०६, २०७८

ADVERTISEMENT

नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले राजनीतिक प्रतिवेदन पास गरेको छ । सोमबार बालुवाटारमा बसेको सो बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि बेला निर्वाचन हुन सक्ने बताएका छन् ।

संसद पुनर्स्थापना भए पनि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने र वर्तमान समस्या समाधान हुने सम्भावना एकदमै न्यून रहेको बताउँदै उनले सो बताएका हुन् । 

प्रतिवेदनमा प्रतिनिधिसभा पुनर्स्थापना भए पनि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने र वर्तमान समस्याको समाधान हुने सम्भावना  एकदमै कम देखिएको उल्लेख छ । 

पार्टी एकीकरणको मनसाय सही भएपनि केही गलत प्रवृत्ति र पात्रहरुका कारण एकीकरण असफल भएको ओलीको निष्कर्ष छ । सर्वोच्च अदालतले कानुनी हिसाबले पार्टी एकता टुंग्याएको भए पनि राजनीतिक र संगठनात्मक रुपमा पहिल्यै विभाजित भएको प्रतिवेदनमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि