नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक स्थगित भएको हाे ।
बैठकमा कर्णाली विद्रोहसँगै अरु प्रदेशमा निम्तिएको समस्या तथा संघीय सरकारको समीकरणलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्ने बताइएको थियो।
यद्यपि नेताहर"को कार्यव्यस्तताका कारण बैठक भोलिलाई सारिएको माओवादीका एक स्थायी समिति सदस्यले जानकारी दिए ।