जेठ ०५, २०८१, शनिबार
               

सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छौं : प्रचण्ड

नेपाल फ्ल्यास
बैशाख ०५, २०७८

ADVERTISEMENT

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब केही दिनमा नै नयाँ सरकार बन्ने बताएका छन् । आज (आइतबार) चितवनको माडी नगरपालिकामा आयोजित कार्यक्रममा उनले कर्णाली प्रदेशमा सरकार जोगाएको उल्लेख गर्दै केन्द्रमा पनि केही दिनमा कायापलट हुने दावी गरे ।

वर्तमान सरकार निरङ्‌कुश र असंवैधानिक भएको भन्दै उनले आफूहरू त्यसलाई ठेगान लगाउने अन्तिम तयारीमा रहेको बताए, ‘निरङ्‌कुश, स्वेच्छाचारी, अलोकतान्त्रिक र असंवैधानिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा हामी छौं ।’ उनले भने ‘कर्णालीमा के भयो ? तपाई हामीले देखेका छौं । कर्णाली सरकार अपदस्थ गर्ने केपी ओली र उनको गुटको दुस्साहसको के नतिजा निस्कियो, तपाई हामीले देखेका छौं । गण्डकी के हुँदैछ तपाईँ हामीले देखेका छौं र लुम्बिनी प्रदेशमा के हुँदैछ, तपाई हामीले देख्दैछौं ।’

प्रचण्डले आफू र आफ्नो पार्टीलाई प्रहारको निसानामा राखिएको बताएका छन् । आफ्नो शक्ति सकिएको भन्दै हल्ला चलाइएको पनि उनले बताएका छन् । संसद विघटनविरुद्ध सडकमा गएका दलहरु मिलेर जनपक्षीय र मुद्दामा आधारित सरकार बनाउनुपर्ने उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि