कात्तिक ३०, २०८१, शुक्रबार
               

प्रदेश १ प्रदेशसभा अधिवेशन अन्त्य

नेपाल फ्ल्यास
बैशाख ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । आइतबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको सातौं अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाइएको थियो । यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेश भए पनि छलफल हुन सकेन ।

धेरै बैठकहरु सूचना टाँस गरेर स्थगित भएको थियो । फागुन २३ मा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँत्याएपछि प्रदेशसभाबाट अविश्वास प्रस्ताव फिर्ता भएको थियो ।

यो पनि