जेठ ०६, २०८१, आइतबार
               

राप्रपाका केन्द्रीय तथा पूर्वमन्त्री श्रेष्ठलाई मातृशोक

नेपाल फ्ल्यास
बैशाख ०४, २०७८

ADVERTISEMENT

दमौली । पूर्वमन्त्री एवं राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य दुर्गा श्रेष्ठलाई मातृशोक परेको छ । तनहुँ व्यास नगरपालिका–२ निवासी पूर्वमन्त्री श्रेष्ठकी आमा विष्णुमायाको काठमाडौंमा निधन भएको हो ।

उनको पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ । ९१ वर्षीया स्वर्गीय श्रेष्ठ तीन वर्षदेखि थलिएकी थिइन् । श्रेष्ठको निधनपछि पूर्वमन्त्री श्रेष्ठ दाजुसहित बन्दीपुर गाउँपालिका–४ स्थित माइतीघरमा किरिया बसेका छन् ।

स्वर्गीय श्रेष्ठलाई बेलाबेलामा रिङ्गटा लाग्ने समस्या थियो । ‘आमालाई अरु खासै रोग थिएन, टाउकोको नशा सुक्दै गएकाले रिङ्गटा लाग्ने समस्या भने थियो,’ श्रेष्ठले भने । 


कस्तो लाग्यो ?

यो पनि