जेठ ०६, २०८१, आइतबार
               

'समानान्तर गतिविधिको नतिजा कर्णालीको जस्तै हुने हो, समयमै सचेत बनौँ'

नेपाल फ्ल्यास
बैशाख ०३, २०७८

ADVERTISEMENT

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कर्णालीको राजनीतिक घटनाक्रमबाट पाठ सिक्नुपर्ने बताएका छन् ।

शुक्रबार संसदीय दलको ह्विपविपरीत कर्णालीका ४ जना एमाले सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि यसबाट सिकेर अघि बढ्नुपर्ने बताएका हुन् ।

एमालेमा झलनाथ खनाल–माधवकुमार नेपाल समूह पक्षको समानान्तर गतिविधिकै कारण कर्णालीमा पछिल्लो घटना घटेको पनि लुम्बिनीका मुख्यमन्त्री पोखरेलले बताएका हुन् । 

उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘समानान्तर गतिविधिको गन्तव्य कर्णालीको जस्तै हुने हो । समयमै सचेत बनौं, पार्टी र आन्दोलनको रक्षाका लागि निःसर्त पार्टी काममा जुटौं ।’

लुम्बिनीमा पनि माओवादी र कांग्रेस एमाले नेतृत्वको सरकार परिवर्तन गर्ने प्रयासमा रहेका छन् । कर्णालीमा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एमालेका ४ जना प्रदेश सांसदले मत दिएपछि मुख्यमन्त्री शाहीको सरकार जोगिएको हो ।


कस्तो लाग्यो ?

यो पनि