कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २२ मत पाएसँगै माओवादी केन्द्र नेतृत्वको सरकार जोगिएको हाे । विस्वासका लागि आवश्यक २० मतमा उनले २२ मत पाएका हुन् ।
शुक्रबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत पाएका हुन् । उनलाई कांग्रेसका ६ र 'फ्लोर क्रस' गर्दै एमालेका ४ जनाले मत दिएपछि उनको सरकार जोगिएको हो । फ्लोर क्रस गर्नेमा माधव नेपाल पक्षका पूर्वमन्त्री प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बूढा रहेका बुझिएकाे छ ।