बैशाख २६, २०८१, बुधबार
               

नाम र राजधानीको प्रस्ताव दर्ता गराउन प्रदेश २ को आह्वान

नेपाल फ्ल्यास
बैशाख ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रदेश-२ को प्रदेशसभाले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ताका लागि सूचना जारी गरेको छ ।

प्रदेश २ बाहेक अधिकांशले नाम र राजधानीको टुंगो लगिसकेको, तर प्रदेश २ ले नाम र राजधानीमध्ये कुनैको पनि टुंगो लगाउन नसकेको अवस्थामा प्रदेश २ ले शुक्रबार सो प्रस्ताव दर्ताका लागि आह्वान गरेको हो । 

प्रदेशसभा सचिवालयले वैशाख ९ गतेसम्मका लागि सचिवालयमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्नेसम्बन्धी प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ । नाम र राजधानीसम्बन्धी प्रस्ताव दर्ता गर्न चाहने प्रदेश सांसदले प्रस्ताव दर्ता गराउन सक्ने सचिवालयले जनाएको छ ।

यसअघि ४ चैत, २०७६ मा प्रदेश २ को प्रदेशसभामा नामसम्बन्धी चारवटा प्रस्ताव र स्थायी राजधानीसम्बन्धी ३ वटा प्रस्तावमाथि प्रदेशसभामा मतदान भएको थियो । तर, नाम र राजधानी तोक्नका लागि प्रदेशसभाको दुई तिहाइ बहुमत चाहिनेमा नपुगेपछि अस्वीकृत भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि