जेठ ०५, २०८१, शनिबार
               

राष्ट्रिय हीतविपरीत कार्य स्वीकार्य छैन : दाहाल

नेपाल फ्ल्यास
बैशाख ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनतालाई राष्ट्रिय हितविपरीत काम स्वीकार्य नहुने बताएका छन् । 

शुक्रबार बागमती प्रदेशस्तरीय कराते प्रतियोगिताको उद्घाटन गर्ने क्रममा सरकार राष्ट्रिय हितविपरित काममा लागेको खबर आएको बताउँदै अध्यक्ष दाहालले सो बताएका हुन् । 

सरकारको नेतृत्वकर्ता नै नेपाल र नेपाली जनताको आत्मसम्माननमा प्रश्न खडा गर्ने दुस्साहस भएको बताए । सो क्रममा उनले दाहालले भने, ‘राष्ट्रिय हीतविपरीतका काम नेपाली जनतालाई स्वीकार्य हुने छैन ।’

प्रचण्डले अहिले पनि केही मानिसहरुमा संघीयता खारेज गर्ने, स्थानीय तहको अधिकार केन्द्रमा सीमित गर्ने, समावेशी र समानुपातिकता उल्ट्याउन खोज्ने प्रवृत्ति परेको उनको भनाइ छ ।

अध्यक्ष प्रचण्डले जित अन्ततः जनताकै हुने भन्दै देशलाई पछि फर्काउने सपना नदेख्न चुनौती दिए । इतिहासको चक्कालाई पछाडी फर्काउन खोज्ने पश्चगामी र अग्रगमनकारी शक्तिका बीच संघर्ष भइरहेको बताउँदै अध्यक्ष प्रचण्डले अग्रगमनका पक्षमा लाग्न खेलाडीलाई समेत आह्वान गरे ।


कस्तो लाग्यो ?

यो पनि