बैशाख २४, २०८१, सोमबार
               

संघीयता धरापमा परेको केसीको टिप्पणी

नेपाल फ्ल्यास
बैशाख ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता धरापमा परेको बताएका छन् । 

बुधबार अखिल (छैठौं)द्वारा आयोजित कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा नेता केसीले सो बताएका हुन् । 

'७० वर्षदेखि लडेर ल्याएको दलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षता सबै धरापमा परेका छन्,' उनले भने, 'यसलाई संस्थागत गर्न चुनौती रहेको पनि बताए । नेपाली जनताले आन्दोलनबाट राजतन्त्र हटाए पनि अहिले देशी विदेशी शक्तिहरु राजतन्त्र स्थापित गर्न लागिपरेका छन् ।’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले अझै पनि क्रान्ति सफल नभएको बताए । क्रान्ति पूरा भएको भए देशमा राष्ट्रिय सार्वभौमिकता जगेर्ना भइसक्नु पर्ने तर अहिले सार्वभौमिकता नै धरापमा परेको बताए ।
कार्यक्रममा अखिल (छैठौं) ले आफ्ना पूर्व अध्यक्षहरूलाई सम्मान गरेको थियो ।

यो पनि