बैशाख २४, २०८१, सोमबार
               

जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या पाँच पुग्यो

नेपाल फ्ल्यास
बैशाख ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । प्यूठानको स्वर्गद्वारीनजिकै भएको दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी लिएर प्यूठानको स्वर्गद्वारी गएको लु. १ ज १६५५ नम्बरको जिप दुर्घटनामा परेको थियो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षका श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, यमलाल पन्थी, मुसिकोट नगरपालिका–३ बस्ने का २२ वर्षका सवारीचालक केशव कार्की छन् ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा लगिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि