बैशाख १२, २०८१, बुधबार
               

सरकार लकडाउनको पक्षमा छैन : प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
बैशाख ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोरोनाको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी (लकडाउन) गर्ने पक्षमा नभएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन् ।

उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताए । उनले भने, ‘धेरै ठाउँबाट लकडाउन हुन्छ रे भन्ने हल्ला आइरहेको छ, तर सरकार सकेसम्म देश र जनताको जीवन रक्षा गरेर सकेसम्म लकडाउन गर्ने पक्षमा छैन ।

प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पारे । 


कस्तो लाग्यो ?

यो पनि