जेठ ०६, २०८१, आइतबार
               

फुटेर नभई जुटेर शक्ति आर्जन गर्न पूर्वराजा शाहको आग्रह

नेपाल फ्ल्यास
चैत ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले फुटेर नभई जुटेर शक्ति आर्जन गर्न आग्रह गरेका छन् । 

नयाँ वर्ष २०७८को पूर्वसन्ध्यामा मंगलबार देशवासीका नाममा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले सो आग्रह गरेका हुन् । 

‘नेपाली हामी फुटेर होइन शक्ति संरक्षण गरौँ जुटेर । एकतामा हाम्रो सफलता छ । यसैमा देशको कल्याण छ । हाम्रा समस्या साझा छन्,  एउटा बिग्रेको अर्कोले हेर्नेवाला होइन । सबैको एउटै उद्देशेय हुनुपर्छ । एउटै कामना हुनुपर्छ, जारी शुभकामना सन्देशमा उल्लेख छ, ‘ देशको उन्नित र अधोगित हामीहरुकै हातमा छ । पहिले देश अनि हामी उठ्छौँ । ’

त्यसैगरी सो विज्ञप्तिमा निषेध र प्रतिशवधको चक्रव्युहबाट बाहिर आउनैपर्ने  उल्लेख छ । 

आर्थिक अपचलन एवम वैदेशिक प्रभाव र परनिर्भरता त्याग्दै जानुपर्ने आवश्यकता रहेको सो विज्ञप्तिमा भनिएको छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘ हरेक तिथि बार बित्दै जाँदा नयाँ वर्ष आउँदै जान्छ,स्वभावत: हरेका नयाँ वर्षमा सुख, सम्मुनति शान्ति र सन्तुष्टिको अपेक्षा हाम्रो रहन्छ ।तर, ती सबै आशा, अभिलाा चकनाचुर हुँदै जान्छन् ।कालक्रममा यस्तो हुनुहुन्न र नेपाली जनताका आकांक्षा पूरा हुँदै जानुपर्छ भन्न हाम्रो कामना हो ।’

त्यसैगरी, सो विज्ञप्तिमा राजनीतिक नैतिकता, जनताको उत्तरदाियत्व, निष्ठा र इमानदारी हामी सबैमा हुनुपर्ने पनि उल्लेख छ । ‘ जनताको उत्तरदायित्व, निष्ठा र इमानदारी हामी सबैमा हुनुपर्छ ।  यसका निम्ति आपसी भाँडभैलो,  अनमेल र द्वन्द्वको अन्त्य हुनुपर्छ अनि समन्वय र सामञ्जस्यता पनि रहनुपर्छ, जारी विज्ञप्तिमा भनिएको छ ।

यो पनि