जेठ ०६, २०८१, आइतबार
               

विपत्ति र महामारीका बीच विकासको लक्ष्य हासिल हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

नेपाल फ्ल्यास
चैत ३१, २०७७

ADVERTISEMENT

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्राकृतिक विपत्ति र कोरोना महामारीको बाबजुत पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरेका छन्।

काठमाडौंमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानको वार्षिकोत्शवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ति, महामारीले चुनौति थपे पनि विकासको लक्ष्य हासिल गरेरै छोड्ने बताए । नेपालको विकासको सूचकको केही क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहे पनि सन २०३० को अन्त्य सम्म दीगो विकासका लक्ष्य भेट्टाउने दृढता व्यक्त गरे ।

नेपालले २००४ मा स्थापना गरेको विकास अनुसन्धान प्रतिष्ठानले सरकार र सरकारका विभिन्‍न निकायलाई नीतिगत सहयोग गर्दै आएको छ । विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरूलाई संस्थागत संरचनामा गोलबन्द गरी विकास निर्माण, योजना तर्जुमा, जलवायु परिवर्तन, गरिबी निवारण, प्राकृतिक विपत्ति न्यूनिकरण जस्ता क्षेत्रमा सुझाव दिँदै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि