जेठ ०६, २०८१, आइतबार
               

प्रधानमन्त्री ओलीले भोलि बिहान देशबासीका नाममा सम्बोधन गर्ने

नेपाल फ्ल्यास
चैत ३१, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले नयाँ वर्षका अवसरमा भोलि देशबासीका नाममा सम्बोधन गर्ने तय भएको उनकाे सचिवालयले जनाएकाे छ । 

भोलि बिहान ८ बजे सिंहदरबारबाट नागरिकलाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हासिल गरेको उपलब्धिको बारेमा जानकारी गराउने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिएका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोनाको जोखिम, पछिल्लो राजनीतिक अवस्था बारेमा पनि नागरिकलाई जानकारी दिनेछन् । प्रधानमन्त्री ओलीले गत वर्ष पनि वैशाख १ गते नै देशवासीका नाममा सम्बोधन गरेका थिए । 

यो पनि