जेठ ०६, २०८१, आइतबार
               

नयाँ वर्षको दिन भोलि प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्ने

नेपाल फ्ल्यास
चैत ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । नयाँ वर्षको दिन भोलि देशवासी जनताका नाममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नयाँ वर्ष २०७८ सालको अवसरमा भोलि वैशाख १ गते बिहान ८ बजे सिंहदरबारबाट देशवासीलाई सम्बोधन गर्ने तय भएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ ।

उक्त सम्बोधनमा प्रधानमन्त्रीले आगामी नयाँ वर्ष २०७८ लाई आशा र उत्साहको वर्षको रुपमा मनाउन देशवासीलाई आग्रह गर्ने बताइएको छ । साथै, सरकारले आगामी वर्षमा गर्ने ठूला विकासका योजना, सामाजिक सुरक्षाका क्षेत्रमा गर्ने कामहरुको बारेमा पनि प्रधानमन्त्री ओलीले सम्बोधनमा उल्लेख गर्ने छन् । 

२०७७ साल सुरु नहुँदै नेपालमा फैलिएको कोरोनाले नेपालीको स्वास्थ्य, आर्थिक र सामाजिक क्षेत्रलाई तहसनहस पारेको अवस्थालाई प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख हुने छ । सम्बोधनमा कोरोनाको महामारीको क्षति र त्यसमा सरकारको कदमका बारेमा पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन् ।
 

यो पनि